Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

ग्यास व्यवसायीको आन्दोलन स्थगित

ग्यास व्यवसायीको आन्दोलन स्थगित

  • काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबिच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् ।

    images
    images
    images

    संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।

    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो ।

    आयल निगम समक्ष संघले पेश गरेका मागहरूलाई सकारात्मक रुपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij