
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत अर्थात् एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij