
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
पानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।
उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाईमा लैजानका लागि प्रेरित गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।
उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij