
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो ।
आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij