Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेप्सेको कामु सीईओमा निरञ्जन फुँयाल नियुक्त

नेप्सेको कामु सीईओमा निरञ्जन फुँयाल नियुक्त

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी निरञ्जन फुँयाललाई सुम्पेको छ ।

    images
    images
    images

    नेप्से सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट समाप्त भएको थियो । फुँयाल हाल नेप्सेमा प्रबन्धकीय भूमिकामा कार्यरत छन् । 

    सरकारले नयाँ सीईओ नियुक्त नगरेसम्म उनले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् । सञ्चालक समितिले यो निर्णय माघ २५ गतेदेखि लागू हुने गरी जारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij