Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम

सेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ९८ अङ्कले घटेर २६७७ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३२२ कम्पनीका ७४ हजार ८६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख ९२ हजार हजार २३५ रुपैयाँ रहेको छ ।

    ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये व्यापार र अन्य कम्पनीका उपसमूहहरू सामान्य बढ्दा बाँकी राताम्मे छन् ।

    न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल रिपब्लिक मिडियामा लगानीकर्ता झुम्मिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij