
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ ।
लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij