
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij