
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८ दशमलव ३१ को विन्दुमा पुगेको छ ।
आइतबार ३०५ कम्पनीका ८४ हजार २८० पटकको कारोबारमा १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ रहेको छ ।
६८ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij