Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यूएसएडबाट सञ्चालित परियोजनाको तथ्याङ्क सङ्कलन गर्दै सरकार

यूएसएडबाट सञ्चालित परियोजनाको तथ्याङ्क सङ्कलन गर्दै सरकार

  • काठमाडौं । सरकारले अमेरिकी सहयोग नियोग यूएसएडबाट सञ्चालित विभिन्न कार्यक्रम र संघ संस्थाको तथ्याङ्क सङ्कलन थालेको छ ।

    images
    images
    images

    गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर यूएसएडबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषणको प्रतिवेदन पठाउन निर्देशन दिएको हो । ‘हालै अमेरिकन सहायता संस्था (यूएसएड) बाट प्राप्त हुने सहायता स्थगित भएको भनी समाचारहरु प्रवाहित भैरहेको परिवेशमा जिल्लामा युएसएडबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन हुन निर्णयअनुसार अनुरोध छ,’ गृहले पठाएको पत्रमा उल्लेख छ ।

    साथै, लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता लिँदै आएको र त्यस्तो सहायता विभिन्न गैर सरकारी संघ संस्थाबाटसमेत परिचालन हुँदै आएकोले त्यस्ता संस्थाहरुको विवरण समेत बुझाउन प्रशासन कार्यालयहरुलाई दिर्नेशन दिएको छ ।

    ‘तहाँ जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुन कुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा कति सहायता रकम परिचालन र उपयोग गरेका छन् ? साथै सहायता परिचालनको मोडालिटी कस्तो रहेको छ ? त्यस्ता कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा रहेका छन् ?,’ पत्रमा भनिएको छ, ‘उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?।’

    अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभर यूएसएडमार्फत वितरण भइरहेका कार्यक्रम रोक्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij