Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पोखरा फाइनान्सका सीईओ निष्कासित

पोखरा फाइनान्सका सीईओ निष्कासित

  • काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरिएको छ । सञ्चालक समितिको बुधबारको बैठकले सोही दिनबाट लागू हुने गरी गुरुङलाई पदमुक्त गरेको हो ।

    images
    images
    images

    समितिले गुरुङलाई हटाएर कामुको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई दिएको छ । समस्याउन्मुख भएको भन्दै पोखरा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेको छ ।

    राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिले संस्थाको कामकारबाहीमा निगरानी नगर्दा समस्याउन्मुखको अवस्थामा पुगेको भन्दै सञ्चालक समितिलाई सचेत गराएको थियो । लगत्तै बैंकले फाइनान्सको सीईओ गुरुङलाई सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको तथा राष्ट्र बैंकबाट जारी सहुलियपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरिएको भन्दै पहिलो पटकका लागि सचेत गराएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij