
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घटेर २७१५ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१५ कम्पनीका ९० हजार २०२ पटकको कारोबारमा १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ रहेको छ ।
७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये हाइड्रोपावर र अन्य कम्पनीहरू सामान्य बढेको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij