Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

भारतले जित्यो यु १९ विश्वकप

भारतले जित्यो यु १९ विश्वकप

  • काठमाडौं । भारतले यू १९ महिला टी–२० विश्वकपको उपाधि लगातार दोस्रोपटक जितेको छ । आइतबार क्वालालम्पुरमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो । दक्षिण अफ्रिकी टोली ८२ रनमै अलआउट भएको थियो । ८३ रनको सहज लक्ष्य भारतले १ विकेटको क्षतिमा ११.२ ओभरमै प्राप्त गरेको थियो ।

    images
    images
    images

    सन् २०२३ देखि शुरू भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको पहिलो संस्करणमा पनि भारतले जितेको थियो । भारतले दुई वर्षअघि फाइनलमा इंग्ल्यान्डलाई हराएको थियो ।

    विजेताको लागि गोंगादी तृषाले नटआउट रहँदै सर्वाधिक ४४ रन बनाइन् । प्रतियोगिताभरि ७ खेलमा ३ सय ९ रन बनाएकी उनी सर्वाधिक रनकर्तासमेत हुन् । तृषाले बलिङमा समेत शानदार प्रदर्शन गरेकी थिइन् । उनले दक्षिण अफ्रिकाका तीन विकेट लिएकी थिइन् ।

    प्रतियोगितामा नेपालले समेत सहभागिता जनाएर नेपाली क्रिकेटमा इतिहास रचेको थियो । कुनै पनि उमेर समूहमा नेपालको महिला टोली पहिलोपटक आईसीसी विश्वकपमा सहभागी भएको यो नै पहिलो अवसर थियो । समूह चरणबाट बाहिरिएको नेपाल १६ टोली सहभागिता यस प्रतियोगितामा १४ औं स्थानमा रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij