Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पहिलो क्वालिफायरमा एपीएफ र टाइगर ग्रुप भिड्ने

पहिलो क्वालिफायरमा एपीएफ र टाइगर ग्रुप भिड्ने

  • काठमाडौं । पाँचौं टाइगर कप भलिबलमा महिलातर्फ पहिलो क्वालिफायरमा एपीएफ र टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुने भएको छ ।

    images
    images
    images

    पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले जित्ने समूहको पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो ।

    एपीएफले टाइगर ग्रुपलाई पहिलो सेटमा २५–७, दोस्रोमा २५–१७ र तेस्रोमा २५–२० ले पराजित गरेको हो । प्रतियोगितामा एपीएफ अविजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । साथै, एपीएफ ‘जित्ने समूह’को विजेता पनि बन्यो । टाइगर ग्रुप भने समूहको उपविजेता बन्दै पहिलो क्वालिफायर पुगेको हो ।

    अब एपीएफ र टाइगर ग्रुप आमनेसामने हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij