
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार शहीद दिवस पारेर एक कार्यक्रमका बीच शहीदगेटमार्फत ट्रफी सार्वजनिक गरेको हो ।
ट्रफी सार्वजनिक गर्नुअघि काङ्ग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्यालीको पनि आयोजना गरिएको थियो । तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली एअरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीद गेट पुगेको थियो ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि बिहीबार सङ्कटा क्लब र आयोजक बागमती भिड्दै छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij