
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा नाबालिका बलात्कार गरेको आरोपमा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले निलम्बन गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij