
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पाँचौं टाइगर कप भलिबलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल क्लबलाई पराजित गरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले सुनिललाई पहिलो सेटमा २५–१० र दोस्रो सेटमा २५–१३ ले पराजित गर्यो । तर, तेस्रो सेटमा पुलिस सुनिलसँग २५–२२ ले पराजित भयो । चौथो सेटमा पुलिसले सुनिललाई २५–२२ ले हरायो ।
प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो भने भारतीय क्लबको पहिलो हार ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij