
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ ।
‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले रु ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका निम्ति रु ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताए । आयोजक क्लबले पाँचथरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij