
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटको सुपर फोरमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो ।
एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले पूरै १७ ओभर खेलेर ८ विकेटको क्षतिमा ४६ रन बनायो ।
आर्मीका लागि कप्तान लक्ष्मी साउदले १० र राधिका पुजाराले १७ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
एपीएफका लागि रेखा रावलले ४ विकेट लिइन् । सबनम राईले २ र कप्तान इन्दु बर्माले १ विकेट लिए ।
यसअघि एपीएफले निर्धारित १७ ओभरमा ३ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
एपीएफका लागि राजमती ऐरीले ३५ रन बनाइन् । कविता जोशी ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहिन् । ममता चौधरीले ११ र रोमा थापाले ७ रन बनाइन् ।
आर्मीका लागि सुस्मिता भुसालले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij