Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनी

न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनी

  • काठमाडौं । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ।  विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ ।

    प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन्।

    त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी। विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् । लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ।

    फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ। थाउजेण्ड टेम्पल’तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमाहरु छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ ।

    न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij