Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

पीएम कप महिला क्रिकेटका लागि बागमतीको टोली घोषणा

पीएम कप महिला क्रिकेटका लागि बागमतीको टोली घोषणा

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा माघ १ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।

    images
    images
    images

    बागमती प्रदेश क्रिकेट संघले १८ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । राष्ट्रिय टिमबाट खेलिसकेकी तथा पहिले एपीएफबाट खेलेकी अनुभवी खेलाडी सोनु खड्का पनि बागमती प्रदेशबाट खेल्ने भएकी छन् ।

    ३० वर्षीय मिडियम पेसर सोनुले नेपालका लागि ९ टी२०आई म्याच खेलेकी छन् । त्यसैगरी नेपालका लागि एक टी२०आई खेलेकी कन्चन श्रेष्ठ पनि बागमतीको टिममा छिन् ।

    बागमतीबाट खेल्ने गरेकी सोनी पाख्रिन यू-१९ टी२० विश्वकप खेल्नका लागि मलेसिया गएकी छन् । अघिल्लो पटक खेलेकी अस्मिना कर्माचार्य र खुशी डंगोल यस पटक टिममा देखिएन ।

    माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुने प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ ।

    सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij