Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

एनकेएल खेल्न नेपाल आइपुगे ३ श्रीलङ्कन खेलाडी

  • काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलङ्काबाट तीन खेलाडी आएका छन् । श्रीलङ्काका अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् ।

    images
    images
    images

    थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् । गालापाथिगेले भने एनकेएलमा धनगढी वाइल्डक्याट्सबाट खेल्ने छन् ।

    फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । यसमा विदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा थाइल्यान्डका ६, बङ्गलादेशका ६, श्रीलङ्काका ३ र केन्याका ३ खेलाडी छन् ।

    एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij