
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् । फ्रान्स २४ का अनुसार साउदी अरब तथा अमेरिकाको लागि सहज अनुहार मानिने जोसेफ शुक्रबारबाट ६१ वर्ष पुगेका छन् ।
उनको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ । हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको युद्धविरामले पूर्णता पाउने बताइएको छ । हेजबुल्लाले सुलेमन फ्रेन्जिअलाई समर्थन गरेको थियो । तर, उनले पनि अन्तिममा जोसेफलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका थिए ।
जेसेफ सन् २०१७ बाट लेबनानको प्रधान सेनापति छन् । उनलाई लेबनानको संसदले राष्ट्रपति चयन गरेको हो । १२८ सदस्य संसदबाट उनले ९९ मत ल्याएर दोस्रो चरणमा राष्ट्रपती हुन पाएका हुन् । राष्ट्रपतिमा चयन भएसँगै उनले प्रधान सेनापतिबाट राजीनामा दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij