
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सल्यानमा घरभित्र दिदीबहिनी मृत फेला परेका छन् । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपालतकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधबार बिहान उनीहरूको शव फेला परेको प्रहरीको भनाइ छ । उनीहरूका बुबा टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पूर्णिमा राना घरमै भए पनि घटनाको विष्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
स्वास्थ्यमा कुनै समस्या नरहेका उनीहरू मृत अवस्थामा फेला परेकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij