
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्समा लागेको वन डढेलो विशाल रुपमा फैलिएको छ ।
लस एन्जल्सको डढेलो २० एकड क्षेत्रफलबाट बढेर १ हजार २ सय एकडसम्म फैलिएको छ । डढेलो तीब्र गतिमा फैलिरहेकाले त्यस वरपरका बस्तीमा जोखिम पनि बढेको छ । लस एन्जल्सका सबै प्रशान्त क्षेत्रका बस्ती खाली गर्न आदेश दिइएको छ ।
डढेलोका सार्वजनिक भएका दृश्य तथा तस्वीरहरुले बस्ती नजिकै बाक्लो धुँवा सहितको आगोको मुस्लो फैलिएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार एउटा घरमा आगलागी भएको छ । सर्वसाधारणहरु कार तथा बसमा चढेर सुरक्षित स्थानमा भागिरहेका छन् ।
लाखौं मानिसहरुलाई खतराको सूचीमा राखी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij