Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कैलालीमा ४६ जनाले गरे एमाले परित्याग

कैलालीमा ४६ जनाले गरे एमाले परित्याग

  • काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ । एमाले भएर बस्दा आफूहरूले पटक–पटक पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ ।

    एमाले परित्याग गर्नेमा नगर कमिटी सदस्य कल्पनाकुमारी विकदेखि संगठित सदस्य फगी कामीसम्म छन् । उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।

    महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब एमालेभित्र आफूहरूले बसिरहन आवश्यक नठानेको उनीहरूकाे भनाइ छ ।

    ‘खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौं । त्यसैले आजकै मितिदेखि हामी ४६ जना कमरेडहरूले एमाले परित्याग गर्ने निर्णय गरेका छौं,’ राजीनामा पत्रमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij