Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अमेरिकामा भीषण हिमआँधी, करिब ६ करोड मानिस प्रभावित

अमेरिकामा भीषण हिमआँधी, करिब ६ करोड मानिस प्रभावित

  • खतरनाक चिसो अवस्थाले मध्य अमेरिकाको धेरैजसो भागमा प्रहार गरेको छ, किनभने एउटा भीषण आँधी पूर्वतिर सरेको छ, जसले कन्सास शहरदेखि वासिङ्टनसम्मको यात्रा र काममा बाधा पुर्‍याएको छ ।

    अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने केही राज्यमा संकटकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी गरी राज्यले आपतकाल घोषणा गरेका छन् । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् ।

    प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ । यस्तै विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij