Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चीनमा कोरोनाजस्तै अर्को नयाँ भाइरसको संक्रमण

चीनमा कोरोनाजस्तै अर्को नयाँ भाइरसको संक्रमण

  • काठमाडौं । कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस एचएमपीभी हो, जुन नयाँ आरएनए भाइरस हो । 

    भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij