Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

गोरक्ष हाइड्रोपावरको शेयर बिक्रीमा

गोरक्ष हाइड्रोपावरको शेयर बिक्रीमा

  • काठमाडौं : गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले जगेडामा रहेको शेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    उक्त शेयर कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले १५ दिनभित्र शेयर खरिद फर्म, नागरिकता र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ।

    images

    साथै तोकिएको म्यादभित्र हाल कायम शेयरधनीबाट आंशिक वा पूर्ण रूपमा शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij