Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

कांग्रेस मुख्यालयमा शिक्षक महासंघको धर्ना

कांग्रेस मुख्यालयमा शिक्षक महासंघको धर्ना

  • काठमाडौं । नेपाल शिक्षक महासंघले आज सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघले आज सानेपास्थित कांग्रेस कार्यालयमा धर्ना दिएको हो ।

    images
    images
    images

    धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । सोहीक्रममा उनीहरूले ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

    images

    बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    प्रतिनिधि सभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । २०७५, २०७८, २०८० र २०८१-०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघको माग छ ।

    २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।

    images

    अस्थायी प्रतिकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग महासंघको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने राखिएको छ ।

    विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नभएको, अस्थायी अवधिको गणना नभएको महासंघले जनाएको छ। म्याद सकिएका अध्यापन अनुमति पत्रको म्याद थप्ने कुरा नसमेटिएको र शिक्षकको विभागीय कारबाहीको व्यवस्था सहमति अनुसार नभएको महासंघको ठहर छ ।

    विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको निष्कर्ष महासंघको छ ।

    संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको महासंघको भनाइ छ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रबन्धमा महासंघले विरोध जनाएको छ ।

    शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नराखिएकोमा महासंघले असन्तुष्टि जनाएको छ । सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेस गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij