
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ : लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले तनहुँको ब्यासबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका–४ घर भएकी ३८ वर्षीय साइदा सना छिन् । तनहुँ जिल्ला अदालतले २०८० चैत ७ मा १ महिना २६ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलापछि उनी फरार थिइन् । उनलाई फैसला कार्यान्वयनको लागी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij