
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज बुधबार पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दामा मंगलबार पहिलो दिनको थुनछेक बहस सकिएको थियो ।
आज त्यसैलाई निरन्तरता दिन लागिएको हो । मंगलबारको बहस सकिएसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको थियो । मंगलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो । लगत्तै थुनछेक बहस सुरु भएको थियो ।
आरोपीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij