Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

'२०२४' मा मात्र प्रेस स्वतन्त्रता हननका ६० घटना दर्ता

'२०२४' मा मात्र प्रेस स्वतन्त्रता हननका ६० घटना दर्ता

  • काठमाडौं : सन् २०२४ मा प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष भएको नेपाल पत्रकार महासंघले जनाएको छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाको तथ्यांक सार्वजनिक गरिएको हो । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना दर्ता भएका छन् ।

    विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्र ता हनननका घटना वृद्धि भएको महासंघले जनाएको हो । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना दर्ता भएको थियो । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुदाँ ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको पाइएको छ ।

    समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाएको थियो । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यहारबाट घटना अत्यन्त निन्दनीय मात्र नभएर लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।

    सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन नसकेको, लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको महासंघले जनाएको छ ।महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको जनाउदैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij