
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं : सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो ।
बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । बजार घट्दा १८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २२३ कम्पनीको सेयरमूल्य घटेको छ ।
नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे । पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ ।
समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij