
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं : मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो ।
चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij