Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजार २६०९ अंकमा झर्‍यो

सेयर बजार २६०९ अंकमा झर्‍यो

  • काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजार २१।१२ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो ।

    images
    images
    images

    कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १।१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०।२९ प्रतिशत बढ्यो ।

    फाइनान्स समूह सबैभन्दा धेरै ४।४७ प्रतिशत घट्यो । बैंकिङ ०।८७, विकास बैंक २।६५, हाइड्रोपावर १।७३, लगानी ०।६६, जीवन बीमा ०।३९, उत्पादन ०।८१, निर्जीवन बीमा ०।१२ तथा व्यापार समूह १।०३ प्रतिशत घटे । महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

    मानुषी लघुवित्तको ६।०९, सिर्जनशील लघुवित्तको ५।८९ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५।७ प्रतिशत बढ्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो ।

    जोशी हाइड्रोपावरको ८।७, ग्रीन डेभलपमेन्टको ८।३ तथा बेस्ट फाइनान्सको मूल्य ७।१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स तथा रिभर फल्स पावर क्रमशः अगाडि रहे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij