Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विदेशमा समेत् पुग्छ टोखाको चाकु 

विदेशमा समेत् पुग्छ टोखाको चाकु 

  • काठमाडौं : चाकु माघे सङ्क्रान्ति अर्थात् जाडोयाममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो । सामान्यरूपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे सङ्क्रान्तिको बेला बढी खपत हुने गर्छ । काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्नेबित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।

    टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघे सङ्क्रान्तिमा बढी चाकुको माग हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ किसिमका चाकु बनाउने गरिएको छ । 

    चाकुको उत्पादन दुई महिना मात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने श्रेष्ठको भनाइ छ । उनले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको बताए । उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि चाकु निर्यात गर्ने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशमा चाकु बढी मात्रामा जाने गरेको उनको भनाइ छ ।

    ‘राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि टोखाको चाकुको माग बढेको छ । वर्षमा कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक छैन । यहाँ अफ सिजन हुँदा बाहिर देशमा सिजन हुन्छ । सोहीअनुसार निर्यात गर्ने पनि गरेका छौँ । अष्ट्रेलिया, जर्मन, जापान, कोरिया जस्तो चिसो हुने देशमा चाकुको माग बढी हुन्छ,’ श्रेष्ठले भने । उनले चाकुको प्रकारअनुसारको मूल्य फरक हुने गरेको बताए । चाकु व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग गर्ने गरेको भए पनि सरकारले त्यति ध्यान नदिएको उनको गुनासो छ । श्रेष्ठले आफूहरूले दिएको करबाटै अनुदान दिएको भएपनि सहयोग गर्न असहज मान्ने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij