Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • काठमाडौं : नेपाली बजारमा आज आइतबार सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

    images

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij