Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

भारतविरूद्ध अस्ट्रेलिया बलियो स्थितिमा

भारतविरूद्ध अस्ट्रेलिया बलियो स्थितिमा

  • भारत र अस्ट्रेलियाबीच बिहीबार मेलवर्नमा सुरू भएको बक्सिङ डे टेस्टको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया बलियो स्थितिमा छ ।

    images
    images
    images

    चौथो टेस्टको दोस्रो दिनको खेल शुक्रबार सकिदा भारत पहिलो इनिङग्समा ५ विकेटको क्षतिमा १६४ रनमा छ। उसले पछिल्ला तीन विकेट ६ रन बनाउदा गुमाएपछि अस्ट्रेलिया बलियो स्थितिमा देखिएको हो। पहिलो इनिङग्समा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो।

    images

    अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा साम कन्स्टासले ६० रन, उस्मान ख्वाजा ५७ रन, मार्नस लबुसेनले ७२ रन र कप्तान पाट कमिन्सले ४९ रन जोडे।  बलिङमा भारतका  जसप्रित बुमराहले ४ विकेट र रवीन्द्र जडेजाले ३ विकेट लिए।  जवाफमा ब्याटिङ गरेको भारतका लागि ओपनर यशस्वी जैसवालले रनआउट हुनुअघि ८२ रन जोड्दा कप्तान रोहित शर्मा ३ रनमै आउट भए।

    यस्तै केएल राहुलले २४ रन र विराट कोहली ३६ रन जोडेर आउट भए। लगत्तै आकाश दिप शून्यमै पेभिलियन फर्के। ऋषव पन्त ६ रन र रवीन्द्र जडेजा ४ रनमा खेलिरहेका छन्।  बलिङमा अस्ट्रेलियाका कमिन्स र स्कट बोनाल्डले २ २ विकेट लिएका छन्। पाँच टेस्टको सिरिजको यसअघिका तीन खेल सकिदा १ १ को बराबरीको स्थितिमा छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij