
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं : मंगलबार सेयर बजार परिसूचक ९नेप्से० १४ अंकले बढ्दै २६२६।३१ बिन्दुमा उक्लिएको छ । बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ ।कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन् । विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij