Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सुनको मूल्य आज

सुनको मूल्य आज

  • काठमाडौँ: आज सुनको मूल्य स्थिर छ। तर, चाँदीको मूल्य भने बढेको छ। आज सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँमै स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images
    images

    आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो। आज सुन हिजोकै मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार आठसय पाँच रुपैयाँ पुगेको छ।

    images

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij