Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु

  • विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु ब्रासिलिया स् दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ ।

    कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।

    दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् ।यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

    ६१ वर्षीय गालेज्जीले आफ्नो परिवारलाई साउ पाउलोस्थित जुन्डिआईमा घुमाउन लगिरहेका थिए । रियो ग्रान्डे डो सुलका गर्भनर एडवार्डो लिटेले मारिने सबैभन्दा गालेज्जी परिवारकै सदस्य भएको बताए ।

    उनका अनुसार खराब मौसमबिच विमानले उडान भरेको थियो । आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो । गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए ।बीबीसी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij