Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भक्तपुरमा बुबा–छोरा मृत फेला, जेठो छोरा बेपत्ता

भक्तपुरमा बुबा–छोरा मृत फेला, जेठो छोरा बेपत्ता

  • भक्तपुर । भक्तपुरको बालकोटस्थित डेरामा बस्ने बुबा–छोरा मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका(२ बालकोट फिकाधाराको पक्की घरको तल्लो तल्लामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको बुबा(छोरा आ–आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१ स्थायी घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो ।

    मृतक दुवैको शरीरमा चोट देखिएको छ । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए । उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij