काठमाडौं । नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरिएको छ ।
विजेता टिमले १ करोड १० लाख रुपैयाँ यस्तै उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमले २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।