
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से २।९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलब ८७ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार भएको छ । आजको कारोबारमा ११७ कम्पनीको शेयरमूल्य बढ्दा ११७ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै जानकी फाइनान्स कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढ्दा दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.०९ प्रतिशतले बढेको छ ।
कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij