Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

  • काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपमा नेपाल आज भारतसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९४ रन बनाउँदै भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २४ रन बनाइन्, एलिसा कुमारी यादवले ३० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

    भारतका लागि परुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । मिथिला भी र आनन्दिता किशोरले १–१ विकेट लिए । नेपाल यो खेलअघि नै पाकिस्तानलाई हराउँदै सुपर ४ प्रवेश गरिसकेको छ । आजको खेलको नतिजाले नेपालको आगामी खेल तालिका तय गर्नेछ । सुपर ४ मा नेपालले बंगलादेश र श्रीलंकाविरुद्ध खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij