Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

‘हनी ट्र्याप’ आरोपी शोभा पाठक साइबर अपराधको जाहेरीमा पक्राउ

‘हनी ट्र्याप’ आरोपी शोभा पाठक साइबर अपराधको जाहेरीमा पक्राउ

  • काठमाडौं । ‘ हनी ट्र्यापर’ को आराेप लागेकी धादिङकी शोभा पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ । साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
     
    उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।
     
    पाठकले यसअघि एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध समेत मुद्दा मामिला गरेकी थिइन् । बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेकाे आराेपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।
     
    उनले यसअघि पनि विभिन्न व्यक्तिसँग विहे गर्दै रकम लिएर छाड्ने गरेको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij