
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण भएको छ । समूहले आइतबार पत्रकार सम्मेलन गरी ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण भएको जानकारी दिएको हो ।
समूहको अध्यक्ष पद्मज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन् ।
पद्मज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीति ल्याइरहेको जनाएको छ ।
साथै उक्त कार्यक्रममा पद्मज्योति समूहद्वारा स्पाइनल इन्जुरी सेन्टर काभ्रेलाई २५ लाख नगद सहयोग गरिएको थियो । त्यस्तै, समूहले धर्मोदय सभालाई ११ आना जग्गा पनि वितरण गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij