Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेकपा एसको बैठक: आज बोलेर सकिने

नेकपा एसको बैठक: आज बोलेर सकिने

  • काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठकमा आज पदाधिकारी तथा सदस्यहरुको बोल्ने क्रम सकिने र बाँकी कार्यसूचीमा भोलि प्रवेश गरिने भएको छ ।

    images
    images
    images

    महासचिव घनश्याम भुसालले बताएअनुसार आज साँझ ५ बजेसम्म बैठक जारी हुनेछ । ‘बोल्ने क्रम सकिएपछि अरु काम भोलि गर्छौं’, उनले भने ।

    भोलिको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिने भुसालले बताए ।

    त्यसबाहेक आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गर्न बाँकी छ । भोलिकै बैठकमा विधान संशोधनको काम पनि सकिने भुसालले बताए ।

    बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij