Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ

प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ

  • काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो । गत शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०,ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रूपैयाँ छ ।

    यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ५५, ठूलो चार सय ७० र एक्सल चार सय ८५ रूपैयाँ थियो । यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ छ । आगामी दिनमा अण्डाको मूल्य बढ्दा उपभोक्ता मूल्य पनि बढ्ने पोखरेल बताउँछन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij